यू–१९ एशिया कपको खेल तालिका सार्वजनिक

नेपाल पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने

यू–१९ एसिया कपको खेल तालिका आज सार्वजनिक भएको छ । तालिका अनुसार नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सिलले आज सार्वजनिक गरेको तालिका अनुसार नेपाल भारत र पाकिस्तान रहेको समूहमा परेको हो । नेपाल रहेको ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान परेका हुन । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान रहेका छन । एसिया कपको यूएईमा डिसेम्बर आठबाट सुरु हुँदै छ । नेपालले पहिलो खेल पाकिस्तानसँग  डिसेम्बर ८ मै खेल्ने छ । दुबईको आईसीसी एकेडेमी ओभलमा खेल विहान साढे नौ बजे हुनेछ । यस्तै, दोस्रो खेल नेपालले अफगानिस्तानसँग डिसेम्बर १० मा सोही मैदानमा खेल्ने छ । समूह चरणको अन्तिम खेलमा डिसेम्बर १२ मा नेपालले भारतको सामना गर्ने तय भएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल  डिसेम्बर १५ मा दुई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । 

प्रतिक्रिया