संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै पुग्दैन: राष्ट्रियसभाध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै नपुग्ने बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले पीडित पक्ष र अधिकारकर्मीहरुलाई सहमत गराएर मात्रै राजनीतिक दलहरुले छिटो सो विधेयकलाई टुंगोमा पु¥याउनुपर्ने बताएका हुन । अध्यक्ष तिमल्सिनाले विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पु¥याउने काममा दलहरु आफैँ जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि समेत जनाए । 
अध्यक्ष तिमिल्सिनाले सो विधेयक बनाउँदा गम्भिर अपराधमा संलग्नहरुलाई आममाफी दिन नहुने पनि स्पष्ट पारे । दलहरुकै कारण संविधानमा व्यवस्था गरिएको मौलिक हकसँग सम्बन्धित कानून समेत हालसम्म निर्माण हुन नसकेको पनि उनले दोहो¥याए ।

प्रतिक्रिया