चीनद्धारा भूकम्प पीडितलाई ४० करोड बराबरको राहत सामग्री हस्तान्तरण

चीनले नेपालका भुकम्प पीडितलाई चालिस करोड बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि आज पोखरा विमानस्थलमा राहत सामग्री हस्तान्तरण गरेका हुन । विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको हो । आज दुई वटा एयरक्राफ्टबाट चार हजार छ सय ब्यांकेट र छ सय टेन्ट आएको छ । यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ । जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लांकेट, सात सय त्रिपाल, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि रहेका छन् । 

प्रतिक्रिया