फेवाताल छेउको फुट–ट्रयाकको अतिक्रमण हटाइने

फेवाताल छेउको फुट–ट्रयाकको अतिक्रमण पोखरा महानगरपालिकाले हटाउने भएको छ । तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यावसायी र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यावसायीलाई महानगरले हटाउने भएको हो । ताल किनारमा विदेशी पर्यटकहरुले मागेर हिँड्ने र अनैतिक गतिविधि देखाउदा नकारात्मक असर पर्ने भन्दै प्रहरीको सक्रियतामा अतिक्रमण र माग्ने हटाउन पहल सुरु भएको हो ।  
पोखरा महानगरले बुधबारवाट व्यापारिक सामन नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामन नियन्त्रणमा लिइएने जानकारी दिएको छ । 
फुट–ट्रयाकमा रहेका फुटपाथ व्यावसायीलाई आफ्नो व्यावसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले यसअघि नै सचेत गराइसकेको छ । महानगरले आगामी दिनमा पर्यटकीय नगरी पोखरामा सुन्दरता दिनको लागि समेत व्यवसायीलाई आह्वान गरेको छ । 

प्रतिक्रिया