कानून तोड्दा बहादुरी र कानून मान्दा नालायकी देखिने संस्कृति हाबी भयो: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा कानून तोड्दा बहादुरी र कानून मान्दा नालायकी देखिने संस्कृति हाबी भएको बताएका छन् । मंगलवार काठमाडौंमा भएको कार्यक्रममा उनले कानून मान्नुपर्छ भन्ने संस्कृतिको अभाव रहेको पनि बताए । उनले कानूनले आफैँलाई फाइदा पु¥याउँछ भन्ने संस्कृतिको विकास गर्न नसक्दा कानून उल्लंघन भइरहेको बताए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानूनमा ३१ वटा हक लेखेर मात्रै नेपाल हकको धनी नहुने बरु उपभोग गर्न पाएमात्रै हकको धनी हुने बताए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारले भीमकाय ऐनको सूचि बनाउने तर बजेट कम गर्ने कुरा बिरोधाभाषपूर्ण रहेको बताए । कार्यक्रममा सर्वोच्च अदालत कि न्यायाधीश सपना प्रधान मल्लले अदालतमा मुद्दाको चाप बढिरहँदा सरकारले बजेट घटाउँदै लगेको गुनासो गरिन ।
न्यायाधीस मल्लले अदालतमा मुद्दाको चाप बढ्ने, कर्मचारीको संख्या बढ्दै जाने तर बजेट निकासा कम हुने हुने गरेको गुनासो गरेकी हुन । आर्थिक अवस्था कमजोर बन्दा न्यायिक स्वतन्त्रतालाई संरक्षण गर्न कठिनाइ आउने उनको भनाइ छ ।
प्रतिक्रिया