भूकम्पमा घाइते ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार हुँदै

जाजरकोटमा गत शुक्रबार गएको विनासकारी भूकम्पमा परी गम्भीर घाइते भइ थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न  अस्पतालहरुमा उपचार भइरहेको छ ।  घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगन्जको भेरी असपतालमा उपचार भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट आधारभूत स्वास्थ्य सेवा सुचारु रुपमा भइरहेको र मन्त्रालय प्रदेश सरकार र स्थानिय सरकारसँग पनि समन्वय गरेर घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन लागि परेको स्वास्थय मन्त्रालयले जनाएको छ । घाइतेहरुको सम्पूर्ण उपचार निशुल्क रुपमा भइरहेको मन्त्रालयले जनाएको छ । यसैबिच प्रदेश सरकारसँग समन्वय र भविश्यमा भूकम्प प्रभावित क्षेत्रमा हुन सक्ने महामारीको आकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको ३ सदस्यिय टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ ।  टोलीले भूकम्पपछि त्यो क्षेत्रमा देखिन सक्ने महामारी, कुपोषण, मनोसमाजिक समस्या लगायतको रोकथाम र व्यवस्थापनका क्षेत्रमा काम गर्ने छ । 

प्रतिक्रिया