भुकम्प प्रभावित आधाले पनि राहत पाउन सकेनन्

जाजरकोट भूकम्पका कारण ५२ हजार घरपरिवार प्रभावित बनेपनि बुधबारसम्म आधाले पनि राहत पाउन सकेका छैनन । हालसम्म जाजरकोटमा प्रभावित २७ हजारमध्ये १५ हजार घरपरिवारलाई राहत वितरण भएको छ । रुकुम पश्चिममा २६ हजारमध्ये ८ हजारलाई राहत वितरण गरिएको छ । बाँकी प्रभावितसमक्ष पनि चाँडै नै राहत पु¥याइने प्रशासनले जनाएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पका कारण हालसम्म १६ हजार ५ सय ७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् भने ९ हजार ९ सय ६१ घर आंशिक रूपले क्षति भएका छन । भौतिक क्षतिबारे तथ्याङ्क सङ्कलनको काम भइरहेपनि ९ हजार ९ सय ६१ घर बस्न नमिल्ने गरी क्षति भएको प्रारम्भिक तथ्यांक छ । १६ हजार ५ सय ७० घर ध्वस्त नै भएका छन । भूकम्पका कारण रुकुम पश्चिममा २६ हजार र जाजरकोटमा २७ हजार घरपरिवार प्रभावित छन । 
 

प्रतिक्रिया