भूकम्पका पीडितकाे राहतका लागि १६ स्थानीय तहलाई रकम हस्तान्तरण

जाजरकोट भूकम्पका पीडितहरूलाई राहत वितरण गर्न १६ स्थानीय तहलाई रकम हस्तान्तरण गरिएको छ । पीडितले राहत नपाएको गुनासो बढिरहेकैबीच मंगलबार सो रकम हस्तान्तरण गरिएको हो ।  कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मंगलबार जाजरकोट, रुकुमपश्चिम र सल्यानमा गरी १६ वटा स्थानीय तहलाई वित्तीय हस्तान्तरको रूपमा बेग्लाबेग्लै रकम उपलब्ध गराइएको हो ।मन्त्रालयका अनुसार भूकम्प प्रभावित १६ स्थानीय तहलाई २ करोड ४५ लाख हस्तान्तरण गरिएको हो । जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकालाई २५÷२५ लाख हस्तान्तरण गरिएको छ भने सबै भन्दा कम सल्यानको बनगाड कुपिन्डे र बागचौर नगरपालिकालाई ५÷५ लाख हस्तान्तरण गरिएको छ । यसै गरी जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत रूपमा गरिएको सहयोग आउने क्रम जारी रहेसँगै प्रभावितलाई वितरण पनि धमाधम भइरहेको छ । एकद्वार प्रणालीबाट राहत वितरण भएकाले वास्तविक प्रभावितसम्म पु¥याउने काम धमाधम भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । त्रिपाललगायतका राहत पुगेलगत्तै प्रभावितले खुला ठाउँ, बारीका डिलमा धमाधम अस्थायी टहरा बनाएर बस्ने प्रबन्ध मिलाउन थालेका छन् । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा पूर्ण, आंशिक र सामान्य गरी २० हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।। 
भुकम्प घाईते 

प्रतिक्रिया