प्रधानमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्नः आममाफी प्रकरणबारे नैतिक जिम्मेवारी कसले लिने ?
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिगल प्रकरणमा सर्वोच्च अदालतले गरेको आदेश देशमा भइरहेका बेथितिलाई लगाम लगाउन र थिति बसाउन यस घटना कोशेढुंगा सावित हुने बताएका छन् । सरकारले गलत मानिसलाई कैद छुट गरेको घटनाको नैतिक जिम्मेवारी लिन नसकेको भन्दै महामन्त्री शर्माले आपत्ति समेत जनाए । महामन्त्री शर्माले प्रधानमन्त्रीले यस घटनाको नैतिक जिम्मेवारी लिइ पदबाट राजीनामा गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले सरकारले यस घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा अहिलेसम्म आत्मलोचना र जिम्मेवारी समेत नलिएको भन्दै असन्तुष्टि जनाएका हुन । गणतन्त्र बलियो बन्न राष्ट्रपति संस्थाको गरिमा हुनुपर्ने भएपनि राष्ट्रपति संस्थालाई विवादित बनाउने कार्य सरकारले गरिरहेको उनको भनाइ छ । सजाय छुट प्रकरणमा राष्ट्रपति कार्यालयले समेत हेलचेक्राँई गरेको महामन्त्री शर्माको ठहर छ । राष्ट्रपतिको कार्यालयले कस्तो सिफारिस हो भन्नेकुरामा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया