निर्माणाधीन संघीय संसदको भवन दुई महिनाभित्र सम्पन्न गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदको मुख्य दुई भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले संसदको आगामी अधिवेशन आफूले नयाँ संसद भवनबाट चलाउने सोच राखेको उल्लेख गर्दै दुवै संसदको मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु पनि दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरे ।
सो अवसरमा सहरी विकासमन्त्री सीता गुरूङले संघीय संसद भवनमा बजेटको सिमिततालाई ख्याल गर्दै सकेसम्म नयाँ प्रविधिको जडान गरिने बताईन् ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति हासिल गरिसकिएको जानकारी दिए ।
आयोजना प्रमुख महर्जनले अब भवन भित्रको इन्टेरियरको काम शुरु हुने पनि बताए ।
प्रतिक्रिया