तिहार नजिकिएसँगै उपभोग्य वस्तुको भाउ महँगियो
तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो । तिहारमा बढी खपत हुने तरकारी, फलफूल, भाँडाकुँडा, लत्ताकपडा, भाइमसला, विद्युतीय सामान खाद्यवस्तुमा नै चर्को मुल्यबृद्धि भएको छ । सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, सबै भूकम्प प्रभावित केन्द्रित भएको मौका छोपी व्यापारीले मनलाग्दी हरेक उपभोग्य वस्तुको भाउ बढाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । पछिल्लो पटक चिनी, दाल, गेडागुडी चामल मात्रै होइन, हरेक, वस्तुको मूल्य बढेर आएको खुद्रा ब्यापार संघको दाबी छ । नेपाली उद्योग र थोक बजारबाट नै मूल्य बढेर आएपछि खुद्रा व्यापारीसँग बढेको मूल्यमा नै सामान बेच्नुको विकल्प नभएको व्यापारी बताउछन । सरकारले चाडपर्वलक्षित गरेर साल्ट टे«डिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उपत्यकासहित देशका ८३ स्थानमा सहुलियत मूल्य सञ्चालन गर्दै आएपनि ति पसलमा आवश्यक सामान उपलब्ध हुने गरेको छैन ।
प्रतिक्रिया