महिला टी ट्वान्टी हङकङ सिरिज खेल्ने प्रारम्भिक टिमको घोषणा

हङकङमा आयोजना हुने महिला टी– अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि २२ जना खेलाडीलाई नेपाली टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । कात्तिक २९ देखि मंसिर ३ सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपाली टोलीमा रुबिना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, संगिता राई, विन्दु रावल, ज्योती पाण्डे, पूजा महतो र रोमा थापा समेटिएका छन । त्यस्तै ईश्वरी विष्ट, सम्झना खड्का, रुबी पुदार, सवनम राई, अस्मिना कर्मचार्य, खुसी डंगोल, कृतिका मरासिनीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । त्यसैगरी कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशीपनि टोलीमा परेका छन । क्यानको सोमबार बसेको बोर्ड बैठले हङकङक क्रिकेट संघको आयोजनामा हुन लागेको शृंखलामा नेपाली टोलीलाई पठाउने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया