राष्ट्रपति पौडेल भुकम्प प्रभावित क्षेत्रमा
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट पुगेका भूकम्पबाट घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेका घाइतेलाई भेटेर राष्ट्रपति पौडेलले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यसक्रममा उनले भेरी नगरपालिका – १ की ६३ वर्षीया सितली कामी र भेरी नगरपालिका – ३ का वीरे पुनलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । उनले आजै भुकम्प प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन । राष्ट्रपतिले पश्चिम रुकु्मपनि पुगेर भुकम्पले गरेको क्षतिवारे स्थलगत जानकारी दिएको उनको सचिवालयले जनाएको छ । यूरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि जाजरकोट पुगेका हुन ।
प्रतिक्रिया