प्रधानमन्त्रीले बोलाए संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउसो सर्वदलीय बैठक बोलाएका छन् । दिउसो दुई बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक उनले बैठक बोलाएका हुन । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्री दाहालले सो विषयमा र समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलहरुलाई बैठक बोलाएका हुन । सरकारले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउने विषयमा प्रमुख दलको सुझाव लिन लागेको हो । सरकारले मृतकका परिवारलाई २ लाख दिने घोषणा यसअघि नै गरिसकेको छ । राहत विवरण एकद्वार प्रणालीबाट वितरण हुने सरकारले जनाएको छ ।  भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १ सय ५३ जनाको मृत्यु भएको छ ।। 

प्रतिक्रिया