गाजामाथिको बर्बरता रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको माग

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसले गाजामाथिको बर्बरता रोक्न माग गरेका छन । उनले इजरायलले जारी राखेको आक्रमणले ठूलो संख्यामा निर्दोश मानिसहरु मरिरहेको भन्दै गाजालाई बर्बता र भयावह विध्वंशबाट बाहिर निकाल्न आह्वान गरेका हुन । न्यूयोर्कमा पत्रकार सम्मेलन गरी गुटेरेसले तत्काल कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन । उनले जारी संघर्षले विश्वलाई नै गहिरो दुःख पुगेको र निर्दोष बालबालिको आफ्नो जीवन गुमाउनु परेको भन्दै चिन्ता प्रकट गरे । इजरायली आक्रमणका कारण गाजा क्षेत्र बालबालिकाको चिहान बन्दै गएको महासचिव गुटरेसको भनाइ छ । त्यस्तै राष्ट्र संघीय एजेन्सीहरुले गाजामा बसोबास गर्ने २७ लाख मानिसलाई मानवीय सहायता पु¥याउन १ दशमलब २ अर्ब अमेरिकी डलर सहयोगको अपिलसमेत गरेका छन । गुटेरेसले सात अक्टोबरमा हमासले घृणित आक्रमण गरेको दोहो¥याउँदै यसको बदलामा निर्दोषहरुका ज्यान लिन नपाइने स्पष्ट पारे । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजापट्टीको सुरक्षाको जिम्मेवारी आफूहरुले लिने बताएका छन । एक अमेरिकी टेलिभिजनसँगको कुराकानीमा उनले हमासविरुद्धको कारबाही सम्पन्न गरेपछि त्यहाँको सुरक्षाको जिम्मा इजरायलले लिने बताएका हुन । मानवीय सहयोगका लागि आक्रमण रोक्न सधै तयार रहेको उनको भनाइ छ । इजरायलले हमासलाई समाप्त नपारेसम्म युद्धविराम नगर्ने यसअघि बताउँदै आएको छ । 

प्रतिक्रिया