भारतको दिल्लीमा वायु प्रदूषणले जनजीवन प्रभावित

काठमाडौ । वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द भएका छन् । भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले बताएका हुन । प्राथमिक विद्यालय बन्द रहने भएपनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताए । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक एक्युआई आईतवार ४ सय ८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । विगत केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रहरू धुवाँले ढाकेको छ । धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् । नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरूमा दिल्लीमा वायु प्रदुषण सामान्यतया बढ्ने गर्दछ । पञ्जाव र हरियाणाका किसानहरूले पराल जलाउने गरेका कारण प्रदुषण बढ्ने गरेको छ भने सवारी प्रदुषण पनि करक मानिएको छ ।
 

प्रतिक्रिया