‘पुतली बाजे’ को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखियो
कलिन फिलिप स्मिथ अर्थात ‘पुतली बाजे’ को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । आज उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो । जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको थियो । महानगर प्रमुख धनराज आचार्यले पुतली बाजेले नेपालका लागि गरेको योगदान सधै स्मरणीय रहने बताए ।
प्रमुख आचार्यले वातावरण, पर्यावरण र पुतलीको अध्ययन र विश्लेषण गर्ने कामको स्मरण गरे । काठमाडौं र पोखरामा एक गरी तीन वटा पुतली संग्रहालय बन्नुमा पुतली बाजेको ठूलो योगदान रहेको बताए । पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिवार उनको निधन भएको थियो । उनले पुतलीको खोजीमा ५० वर्ष बिताएका थिए । ३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा रहेका थिए ।
प्रतिक्रिया