खाद्यान्न आयात २५.३ प्रतिशतल बढ्यो
चालुु आर्थिक वर्षको तीन महिनामा साउन–असोज खाद्यान्न आयात २५ दशमलब ३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार तीन महिनामा २५ प्रतिशतले बढेर १९ अर्ब ९४ करोड ५३ लाख नौ हजार रुपियाँको खाद्यान्न धान, मकै, चामल, गहुँ, जौ, कोदो आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २६ करोड २१ लाख दुई हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । चालु आवको पहिलो महिनादेखि नै खाद्यान्न आयात बढ्दै गएको छ । बजारमा खाद्यान्नको माग बढेसँगै आयातमा वृद्धि भएको हो । स्थानीय उत्पादनले माग धान्न नसक्नु र खाने बानीमा आएको परिवर्तनका कारण खाद्यान्नको आयात बढ्ने गरेको हो । पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले माग अनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन । भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ ।
प्रतिक्रिया