काठमाडौं महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यक्रम लागू

काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यक्रम लागू गरेको छ ।  काठमाडौं महानगरका प्रमुखबालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमार्फत् यसबारेमा जानकारी दिएका हुन । रुमहानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । स्वर्णिम योजनाअन्तर्गत गरिब, विपन्न वर्गका सुत्केरी, विपन्न वर्गलाई किरिया खर्च, जोखिममा परेका बालबालिका, बृद्धबृद्धा र अपांगता भएका व्यक्तिलाई सहयोग गरिने जनाइएको छ । विपन्न  र किरिया खर्चको समेत आवश्यकता पर्नेलाई कार्यक्रम अन्र्तगत महानगरले २० हजारसम्म खर्च उपलब्ध गराउने बताइएको छ । 

प्रतिक्रिया