त्रिपाल टाँगेर बसेका भूकम्प पीडित चिसोले प्रभावित
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले गर्दा जाजरकोट र पश्चिम रुकुममा अधिकांश मानिस बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । दैनिक रूपमा बढ्दै गइरहेको गएको चिसोका कारण उनीहरूको परिवारै प्रभावित बनेको छ । त्रिपालमा बस्नु पर्दा चिसो र भूकम्पको डरले रातमा निदाउन नसकेको पीडितहरू बताउँछन् । भूकम्पले घर पूर्ण रूपमा क्षति भएपछि अहिले घरको न घाटको भएका छन् । कतिपयको घर पूर्ण रूपमा क्षति भएको छ भने कतिपयको घर चिरा परेको छ । आंशिक क्षति भएर बस्न नमिल्ने भएको छ । माटो र ढुंगोको जोर लगाएर बनाएका शतप्रतिशत घर बस्न नमिल्ने भएको छ । माटोको घर चर्किएको कारण स्थानीय घर नजिकैको बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । दैनिक रूपमा बढ्दै गइरहेको गएको चिसोका कारण कतिपय बिरामी भएका छन् । कतिपयको भूकम्पका कारण भत्किएको घरले अन्नपात तथा लत्ताकपडा पुरिएको छ । राम्रोसँग खाना खान पाएका छैनन् । यसले गर्दा पीडित परिवार गाँस र बासको चिन्तामा परेका छन् । शुक्रबारदेखि आंगनमा बस्नु पर्दा डरले राम्रोसँग निदाउन नपाएको र पेटभरी आफ्ना परिवारलाई खुवाउन नसकेको भूकम्प पीडित बताउँछन् ।
प्रतिक्रिया