भारतकाे सहयोगार्थ सामग्री आज जाजरकोट र पश्चिम–रुकुममा पठाइने
भारत सरकारले सहयोग गरेको सामग्री आज जाजरकोट र पश्चिम–रुकुममा पठाइने भएको छ । नेपालगञ्ज विमानस्थलमा राखिएका सामानलाई ट्रकमा लोड गरेर दुई जिल्लामा पठाउने तयारी भएको हो । भारतले भूकम्प प्रभावितलाई प्लाष्टिक तार्पोलिन त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्यांकेट एक हजार थान, टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधी तथा अन्य गरी ४८ प्रकारका केही कार्टुनमा दिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमै सामान ल्याएर उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । भारतले दिने अरू सामान आज पनि आउने क्रममा छ ।जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पमा परी घाइते भएका ४२ जनालाई उपचारका लागि बाँकेमा ल्याइएको छ । एक जना मेडिकल कलेज कोहलपुरमा उपचार गराएका व्यक्ति डिस्चार्ज भएका छन् भने बाँकी सबैको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । सात जनाको शल्यक्रिया गरिएको छ । भेरीमा रहेकामध्ये दुई जना सिकिस्त छन् । उनीहरूको अवस्था पनि सुधारोन्मुख रहेको छ ।
प्रतिक्रिया