भूकम्प प्रभावितको राहतमा अनियमिता हुन नदिन कांग्रेसले महामन्त्रीद्वयलाई खटाउने
नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ । आज काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बेठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो । महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएपनि समय कम भएको भन्दै बैठक सार्ने निर्णय कार्यसमिति बैठकले गरेको हो । भूकम्प प्रभावितलाई दिइने राहतको अनियमितता हुन नदिन महामन्त्रीहरुले स्थलगत अवलोकन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।
कांग्रेसले प्रभावितहरुमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय पनि गरेको छ । कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र राहतका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएका छन । प्राप्त रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया