सहमति भएपछि प्राधिकरणका कर्मचारीद्धारा आन्दोलनकाे कार्यक्रम फिर्ता
नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन । आज प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितीमा विद्युत प्राधिकरण कर्मचारी युनियनसँग चार बुँदे सहमति भएसँगै कर्मचारीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन । सहमतिपछि कार्यकारी निर्देशक घिसिङले ट्रिेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हितमा प्राधिकरणले सघाउने प्रतिबद्धता जनाए ।
कर्मचारीले अघि सारेका सात बुँदे माग पुरा गर्न आधिकारिक टे«ेड युनियनका समेत प्रतिनिधि रहने गरी समिति गठनको सहमति व्यवस्थापन र कर्मचारीविच भएपछि आन्दोलन रोकिएको हो ।
सहमति अनुसार जनसाधन विभागका निर्देशकको अध्यक्षतामा रहने समितिले कर्मचारीमा माग सम्बोधन गर्न राय सहित प्रतिवेदन बुझाउनेछ । यसअघि प्राधिकरणले गरेको सरुवा र काजमा पुर्नमुल्यांकन गर्न समेत प्राधिकरण व्यवस्थापन तयार भएको छ । प्राधिकरणका कर्मचारीहरु कात्तिक १२ गतेदेखि आन्दोलनमा थिए । उनीहरुले आजदेखि प्रमुख कार्यकारी निर्देशक सहितलाई कार्यालय प्रवेश नदिने घोषणा गरेका थिए । नेपाल विद्युत प्राधिकरणले गत असोज ३० गते विभिन्न पदका आठ तहदेखि दुई तहसम्मका २९७ जना कर्मचारीहरुको सरुवा गरेको थियो । त्यसपछि कर्मचारीहरु सात बुँदे माग अघि सार्दै आन्दोलित भएका थिए ।
प्रतिक्रिया