सांसदहरुलाई १५ दिनको मात्रै तलव दिए पुग्ने अवस्था देखियो: विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्र्र्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको मात्रै तलव दिँदा पुग्ने अवस्था देखिएको बताएका छन । उनले दिन गुजारेको हिसावले करिव ६ महिनाको तलव लिएपनि कामको परिणामको हिसावले १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको टिप्पणी गरेका हुन । महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार समेत गरे ।
महामन्त्री शर्माले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताए  उनले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक दोहो¥याए ।  नयाँ भनिएका दलहरुको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको शर्माले बताए ।

प्रतिक्रिया