कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरुको घोषणा

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आज उनीहले घिसिङ सहित विभागका प्रमुख लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने आन्दोलन घोषणा गरेका हुन । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गरेका हुन । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हक हितमा प्राधिकरणले चासो नदिएको कर्मचारीको आरोप छ । कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी कर्मचारीको छ । 
 

प्रतिक्रिया