कर्णाली प्रदेशमा आज शोक दिवस मनाउने

कर्णाली प्रदेशमा आज  प्रदेश सरकारले शोक दिवस मनाउने भएको छ । बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा यो दिवस मनाउने भएको हो । भूकम्पबाट ज्यान गुमाएका कर्णाली प्रदेशवासीको शोक मनाउनका लागि दिवस मनाउने सरकारले निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । भूकम्पबाट अति प्रभावित पालिकालाई तत्काल खर्च गर्ने गरी बढीमा २५ लाख प्रदेश सरकारले उपलब्ध गराउने भएको छ । राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरूलाई पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय प्रदेश सरकारले गरेको छ । साथै आज बिहानैवाट प्रदेश सरकारले राहत सामग्री पठाउन सुरु गरेको छ । यातायात सम्भावना कम भएको स्थानका लागि हेलिकोप्टर तथा यातायातका साधनको पहुँच भएका स्थानमा स्थलमार्गबाट खाद्यान्न तथा लत्ताकपडा पठाउन थालिएको हो । प्रदेश सरकारले अबको ध्यान राहत सामग्री वितरण र नागरिकलाई पुनःस्थापना गर्ने भएको जनाएको छ । 
 

प्रतिक्रिया