गाजा युद्धविरामका लागि अरब मुलुकले गरेको आग्रह अमेरिकाद्वारा अस्वीकार

इजरायल र हमासबीचको जारी युद्ध तत्काल रोक्न अरब राष्ट्रहरुको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले तत्कालको युद्धबिरामले हमासलाई संगठित हुन प्रश्रय मिल्ने भन्दै युद्धविराम गर्नुको औचित्य नरहेको जनाएको छ । अरब मुुलकको भ्रमणमा ओमान पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन समक्ष लेवनान, कतार र जोर्डनका नेताहरुले युद्धविरामका लागि गरेको पहलपछि अमेरिकी विदेशमन्त्री ब्लिन्कनले युद्धबिरामले हमास झन बलियो स्थितिमा पुग्ने भन्दै युद्धविराम सम्भव नभएको बताएका हुन । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका सबै नागरिक रिहा नभएसम्म युद्धविराम नगर्ने बताएका थिए । पछिल्लो समय गाजामा इजरायलले स्थलगत र हवाइ हमला जारी राख्दा दर्जनौ मारिएका छन् । गाजाको उत्तरी क्षेत्रमा ३ लाख ५० हजारदेखि ४ लाखको हाराहारीमा रहेका सर्वसाधारणलाई सो क्षेत्र खाली गर्न इजरायलले बारम्बार अपील गरिरहेको छ । युद्धका कारण हजारौं पलायन भइसकेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको इजरायलले प्रतिकार गर्दा हालसम्म ९ हजार ४ सय बढीको मृत्यु भइसकेको छ । 
 

प्रतिक्रिया