भूकम्पबाट भएको जनधनको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त
काठमाडौः पूर्वराजा ज्ञानेन्द्र शाहले जाजरकोटलाई केन्द्रबिन्दू बनाएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहले भूकम्पमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाभाव प्रकट गर्दै उनीहरुको परिवारजनप्रति गरिहो सहानुभूति र समवेदना व्यक्त गरेका हुन् । उनले घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार र राहतको कामलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन् । पूर्वराजा शाहले देशको पश्चिमी र सुदूरपश्चिमी क्षेत्रमा बारम्बार भूकम्पको प्रकोप चलिरहेको भन्दै पूर्वतयारी गर्न पनि राज्य व्यवस्थालाई आग्रह गरेका छन् । उनले अहिलेको राजनीति र राज्य व्यवस्था लोकहितकारी तथा विकास, राहत, उद्दार, उत्थान जस्ता राष्ट्रिय भावमा केन्द्रित हुनुपर्नेमा जोड पनि दिएका छन् ।
प्रतिक्रिया