कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो

नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शनिबार बिहान एमालेबाट मन्त्री भएका रामबहादुर रानामगरले राजीनामा दिएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका थिए । त्यसप्रति असन्तुष्टि जनाउँदै एमाले सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री कार्कीलाई एमालेले कांग्रेस र एमालेको मात्रै संलग्नता रहेको सरकार गठनका लागि दबाब दिएको थियो । तर मुख्यमन्त्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि सरकारमा भित्र्याएपछि एमाले बाहिरिएको हो । मुख्यमन्त्री कार्की एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया