सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रलाई एक करोड आर्थिक सहयोग गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल १ करोड र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली पठाउने निर्णय गरेको हो । त्यसैगरी, बागमती प्रदेश सरकारले पनि १ करोड ५० लाख सहयोग गर्ने निर्णय छ । बागमती प्रदेश सरकारले विज्ञप्ती जारी गर्र्दै जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । त्यस्तै गण्डकी प्रदेशले पनि स्वाथ्यकर्मीको टोली पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया