भूकम्प पीडितको उपचारलाई पहिलो प्राथमिकतामा राख्ने सरकारको निर्णय

प्रभावितलाई एकद्वार प्रणालीबाट राहत वितरण गरिने

सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परी घाइते भएकाको उपचार पहिलो प्राथमिकतामा राखेको जनाएको छ । शनिवार गृह मन्त्रालयमा बसेको बैठकले घाईतको उपचारलाई पहिलो प्राथमिकतामा राखेर सबै प्रयास जारी राख्ने निर्णय गरेको हो । बैठकले उद्धार कार्यमा कुनै कमी हुन नदिने गरी काम गर्ने र घाइते तथा भूकम्पबाट भएको क्षतिको विवरणहरु संकलन एकीकृत विधिबाट गर्ने निर्णय पनि गरेको छ । सरकारले प्रभावित क्षेत्रमा एकद्व र प्रणालीबाट राहत दिने र राहत सामग्री कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमा पु¥याएर हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ ।  
जाजरकोटमा ठूलो भूकम्प गएपछि १६९ वटा परकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको गृह मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया