जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुग्यो

खोजी तथा उद्दार जारी

जाजरकोटलाई शुक्रवार राति केन्द्रबिन्दू बनाएर गएको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिममा १३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, भूकम्पमा परी हालसम्म जाजकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । घाइतेहरुको विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ । अहिले तीन वटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको हो ।
 

प्रतिक्रिया