शीर्ष तीन नेताले मात्रै देश चलाउने कुरा तोड्न हामी आएका हौं: सिके राउत
जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरुले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले मुलुकमा नाम मात्रैको लोकतन्त्र रहेको बताएका हुन । अध्यक्ष राउतले जनताका गास, बास र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको बताए ।
अध्यक्ष राउतले देश ३५ वर्ष यता तीन जना नेताहरुमै घुमिरहेकाले त्यसलार्य चिर्न आफूहरु आएको बताए । उनले जनताका गास, बास र कपास,शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको पनि उल्लेख गरे । अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताए । उनले पार्टीलाई राष्ट्रव्यापी रुपमा बिस्तार गर्ने बताए । उनले आफू मन्त्री बन्नकै लागि पार्टी खोलेर राजनीतिमा नआएको बताए ।
प्रतिक्रिया