वीपि राजमार्ग हुँद आउने सार्वजनिक यातायातमा अबैध चिनी निर्यात
वीपि राजमार्ग हुँदै तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आउने सार्वजनिक यातायातमा अबैध चिनी भित्रिने गरेको पाइएको छ । काभ्रे प्रहरीले राजमार्गमा गरेको अनुमगनमा भाडामा सवारी साधनमा अबैध चिनी भित्रिइरहेको खुलेको हो । प्रहरी चौकी काभ्रेभञ्ज्याङले गरेको चेकजाँचमा दश टन भन्दा बढी चिनी बरामद भएको छ । प्रहरीले पूर्वका विभिन्न जिल्लाबाट वीपी राजमार्ग भई काठमाडौँ भित्रिने सवारी चेकजाँच गर्दा बोरामा सानो पोको बनाइ लुकाइछिपाइ अबैध रुपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो । पछिल्लो केही महिनादेखि बजारमा चिनीको अभाव भएपछि नेपालको भारतसँग सिमाना जोडिएका पूर्वी जिल्लाबाट बोरामा चिनीको साना सानो पोका बनाइ ल्याई बजारमा बिक्री हुनेक्रम बढेको छ । विशेषगरी जनकपुर, सर्लाही, बिरगञ्जलगायतका क्षेत्रबाट राजधानी तथा बनेपा आउने सवारी साधनमा त्यसका चालक, सहचालकले अबैध रुपमा चिनी ल्याइ बजारमा प्रतिकिलोग्राम एक सयदेखि १ सय १५ रुपियाँसम्म चिनी बिक्री गर्दै आएका छन् ।
प्रतिक्रिया