छ महिना चलेको दुबै सदनमा चार विधेयक पारित, एक्काईसवटा अझै विचाराधीन

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् । उनले गएराति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन् । छ महिना चलेको संघीय संसद्को अधिवेशन विधायिकी कार्यका दृष्टिले निकै फितलो भएको छरु। १ सय ८० दिनसम्म चलेको अधिवेशनमा बजेटका तीन नियमितबाहेक एक मात्र विधेयक दुवै सदनबाट पारित भएको छरु। संघीय संसद्का दुवै सदनमा गरी २१ विधेयक अझै विचाराधीन छनरु। जसमध्ये अधिकांश प्रतिनिधि सभाका विभिन्न चरणमा छनरु। राष्ट्रिय सभामा अब तीन विधेयक विचाराधीन छनरु। गत वैशाख २४ गतेबाट सुरु भएको अधिवेशनमा दुवै सदनबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भयोरु। यस्तै विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पारित भएका छनरु। अन्य विधेयक विभिन्न चरणमा विचाराधीन रहेका हुनरु। बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक र सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित विधेयक पनि चालु अधिवेशनले पारित गर्न सकेनरु। सरकारले दुवै विधेयक पारितको प्रयास गरे पनि राजनीतिक सहमति नहुँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक चालु अधिवेशनबाट पनि पारित हुन नसकेको होरु। प्रतिनिधि सभामा विभिन्न चरणमा विचाराधीन रहेका १८ मध्ये नौ वटा विधेयक नयाँ दर्ता भएका हुनरु। जसमा एक गैरसरकारी विधेयक पनि सामेल छरु। अन्य विधेयक राष्ट्रिय सभाबाट पारित भई प्राप्त भएका हुन । 

प्रतिक्रिया