नेपाललाई भारतले पच्चिस हजार मेट्रिकटन चिनी दिने

नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । सो चिनी सरकार–सरकारसम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीबाट  चिनी ल्याउने तयारी छ । चिनी तिहार अघि नै आइपुग्ने बताइएको छ । भारतबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाब हट्ने विभागको भनाइ छ । यसैविच तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । हिजोदेखि चिनी पठाउन थालिएको र आज काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने विभागले जनाएको छ । खुद्रा ब्यापार सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ बिक्री हुनेछ । वाणिज्य विभागले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताएको छ । 

प्रतिक्रिया