प्यालेस्टाइनको गाजा शहर इजरायली सेनाको घेरामा

इजरायली सेनाले प्यालेस्टाइनको गाजा शहरलाई घेराबन्दी गरेको जनाएको छ । गाजा शहरको सम्पूर्ण भागलाई आफ्नो सेनाले घेरा हालेको दाबी सेनाले गरेको हो । सेनाले हमास लडाकु समुहको अखडालाई निशाना बनाएर आक्रमण जारी रहेको बताएको हो । सेनाले हमासको सुरक्षा पोष्ट, मुख्यालय र अन्य पूर्वाधारहरुमाथि निरन्तर बमबारी गरिरहेको छ । हमासको भूमिगत सुरुङ र रकेट लन्चर ध्वस्त पार्न कारबाही चलिरहेको सेनाको भनाइ छ । गाजा क्षेत्रका सर्वसाधारण नागरिकको क्षति सकेसम्म कम गर्नेतर्फ आफ्नो सेनाले ध्यान केन्द्रित गरेको पनि इजरालयको दाबी छ ।  राष्ट्रसंघले भने गाजामा निहत्था नागरिकको ज्यान गइरहेको भन्दै इजरायलको आलोचना गरेको छ । गाजामा सर्वसाधारण जनताले आश्रय लिइरहेको चारवटा विद्यालय समेत इजरालयको आक्रमणमा ध्वस्त भएको राष्ट्रसंघको भनाइ छ । गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको संख्या नौ हजार नाघेको छ ।आक्रमणमा तीन हजार ७६० बालबालिका र दुई हजार ३ सय २६ महिलाको आक्रमणमा मृत्यु भएको हो । यस्तै घाइतेको संख्या ३२ हजार नाघेको छ ।।

प्रतिक्रिया