गाजाको शरणार्थी शिविरमा इजरालयको आक्रमणमा परी मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

काठमाडौ । गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलियामा इजरायली बम विष्फोटमा परेर अहिलेसम्म झण्डै दुई सय जनाको मृत्यु भएको छ। सयभन्दा बढी बेपत्ता भएका छन् । २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ । आक्रामणमा परेर हालसम्म एक सय ९५ जना मारिएका पुष्टि भएकाो छ भने एक सय २० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७ सय ७७ जना घाइते भएका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मंगलबार र बुधबार भएको इजरायली आक्रमणाई ‘भयानक’ भनेका छन् ।  राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्य जारी गर्दै गाजाका जनतामाथि ज्यादती भएको बताएका हुन । उनले युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको भन्दै चिन्ता समेत प्रकट गरेका छन ।  इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ । यसैविच इजरायल हमास युद्ध सुरु भएयता पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको इजिप्टसँगको रफा सीमा नाका हुँदै ४ सयभन्दा बढीले गाजा छाडेका छन । गाजा छाडेर इजिप्ट प्रवेश गर्नेमा अमेरिकी र बेलायतीसहित ११ देशका ३ सय ३५ जना विदेशी र ७६ जना घाइते प्यालेस्टिनी छन । अमेरिकी राष्ट्रपति जो बाइडनले गहन र अविलम्ब कूटनीतिका कारण सीमानाका खुला भएको बताएका छन । कतारको मध्यस्थतामा भएको वार्ताद्वारा यो सम्भव भएको जनाइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार इजरायल र जोर्डनको भ्रमणको तयारी गरेका छन । इरानले गाजामाथि आक्रमण जारी राखिए त्यसको गम्भीर परिणाम हुने चेतावनी दिदै आएको छ । जारी युद्धमा इजरायलका १ हजार ४ र र प्यालेस्टाइलका ८ हजार भन्दा धेरै नागरिकको मृत्यु भएको छ ।

प्रतिक्रिया