सरकारद्वारा संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस, अर्याल र पुडासैनी सचिवमा बढुवा
काठमाडौ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले चालु बर्खे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । आज मध्य राति १२ बजेबाट संसद्को चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको हो । त्यस्तै बैठकले सहसचिवद्वय राधिका आर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ ।
त्यस्तै, सरकारले बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्तालाई सास्ती दिने काम भइरहेको भन्दै सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ । असोज अन्तिम साता नै अधिवेशन अन्त्यको तयारी गरिएको भएपनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गर्ने भएपछि थाँती राखिएको थियो । संघीय संसद्को दोस्रो अधिवेशन महत्वपूर्ण विधेयक पारित नगरी अन्त्य हुने भएको हो । राजनीतिक दलहरुबीच समन्वयन नहुँदा संक्रमणकालीन न्यायसँग सम्बन्धित लगायत महत्वपूर्ण विधेयक यो अधिवेशनबाट पारित हुन नसकेका हुन । संक्रमणकालिन न्याय सम्बन्धी बिधेयकमा आज पनि प्रमुख दलका नेताविच छलफल भएपनि सहमति जुटन नसकेको बताइएको छ । बर्षे अधिवेशन अन्त्य गरेर छिट्टै हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया