हमासको नियन्त्रणमा रहेका वीपीन जोशीको उद्दार गर्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौ । प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । हमासवाट नेपाली विद्यार्थी छुटाउन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पहल गर्नुपर्ने उनको भनाइ छ । 
सांसद शर्माले काँकडभिट्टा नाका खुलाउन पनि सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीको कम्बोडियामा लगानी भएको भ्रम छरिरहेको भन्दै प्रसाईंलाई कारबाही गर्न माग गरिन । 
प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ०४७ साल पछि राज्यको माथिल्लो तहमा पुगेका सबैको सम्पत्ति छानविन गर्न माग गरे । 
प्रतिनिधि सभा सदस्य बिना लामाले तिहारमा चिनीको आवश्यक पर्ने भएकाले जनतालाई सुपथ मूल्यमा चिनी उपलब्ध गराउन सरकारलाई आग्रह गरिन । 
प्रतिनिधि सभा सदस्य बिजुला रायमाझिले दुग्ध किसानहरुको करिव ७ अर्ब रुपैयाँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरे । 
प्रतिनिधि सभा बैठकको शुन्य समयमा प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले एक मिनेट उभिएर मौन धारण गरे । प्रतिनिधि सभा सदस्यले सडक दुर्घटना बढेको, आरती शाहको परिवारले न्याय नपाएको, पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयन गराउन, नेपाली डेरी उत्पादन विदेश पठाउन, बस र प्लेन भाडा नियन्त्रण गर्न माग गरे । मुक्त कमैया अहिलेपनि भूमि र आवासविहिन भइरहेका भन्दै समस्या समाधान गर्नपनि सांसदले माग गरेका छन ।
 

प्रतिक्रिया