काठमाडौँको नक्सालस्थित फ्लाई टप कन्सल्टेन्सीका सञ्चालक फरार, युरोप पठाइदिने भन्दै एक सय जनाभन्दा धेरैसँग रकम उठाएर सम्पर्कविहीन
काठमाडौ । सामाजिक सञ्जालमार्फत युरोपका मुलुक पठाइदिने भन्दै एक सय जनाभन्दा धेरैसँग रकम उठाएर काठमाडौंको नक्सालस्थित फ्लाई टप कन्सल्टेन्सीका सञ्चालक फरार भएका छन । नौ महिना अघिदेखि नै टिकटक मार्फत विज्ञापन गरेर युरोपको माल्टा र क्रोएसिया पठाइदिने आश्वासन दिएर प्रत्येक व्यक्तिसँग एकदेखि तीन लाख रुपैया उठाएर कन्सल्टेन्सीका सञ्चालक फरार भएका हुन । दशैं अघिसम्म वर्क परिमिट आइसक्यो भन्ने आश्वासन दिएर अहिले कार्यालय बन्द गरेर सञ्चालक भागेको पीडितको गुनासो छ ।
लामो समयदेखि आश्वासन दिएपनि भिसा नआएपछि पैसा बुझाउने युवा युवतीले सञ्चालकलाई काम नहुने हो भने पैसा फिर्ता गर्न दवाव दिएका थिए । दशैं अघि भिसा र वर्क परिमिट आएको आश्वासन दिएर असोज १७ गतेदेखि सञ्चालक बेपत्ता भएको पीडितको गुनासो छ ।
केही युवाले रकम फिर्ता गर्न दवाव दिएपछि कन्सल्टेन्सीका सञ्चालक जगदिश शाही भनिने हुकुम शाहीले खातामा रकम नै नभएको चेक दिएर सम्पर्क विहीन भएका छन । पीडितलेहरुले आफुहरु ठगिएको दाबी गर्दै रकम फिर्ताको वातावरण बनाइदिन आग्रह समेत गरेका छन ।
प्रतिक्रिया