संसदीय सुनुवाई समितिद्धारा क्यानडाका लागि प्रश्तावित राजदुत भरतराज पौड्याल उपर उजुरी आह्वान

काठमाडौ । संसदीय सुनुवाई समितिले क्यानडाका लागि प्रश्तावित राजदुत भरतराज पौड्याल उपर उजुरी आह्वान गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रश्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो । पौड्याल राजदूतमा उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ ।उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ । समितिले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रशारण गर्न समिति सचिवालयलाई निर्देशन समेत दिएको छ । उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने छ । समितिले अनुमोदन गरे पछि राजदूत नियुक्त हुने छन् । परराष्ट्र सचिव पौड्याललाई केही समयअघि सरकारले राजदूतमा सिफारिस गरेको थियो । उनलाई मन्त्रीसरहको मर्यादासहित राजदूतमा सिफारिस गरिएको हो ।

प्रतिक्रिया