एमालेद्वारा चाडपर्वको अबसर पारेर पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना

काठमाडौ । नेकपा एमालेले चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी चियापान कार्यक्रममा विभिन्न दलका नेता, सांसद, सुरक्षा निकायका प्रमुखदेखि ठूलो संख्यामा एमाले कार्यकर्ता उपस्थित भएका छन् । यसअघि एमालेले कात्तिक १४ गते चियापान गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले चियापान एक दिन सारिएको हो । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई एमालेले आमन्त्रण गरेको थियो । दशैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वको अवसरमा चियापान कार्यक्रम गरिएको हो । सत्तारूढ दल नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन चियापन गरेको थियो ।

प्रतिक्रिया