चार दिने भ्रमण पुरा गरी राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क फिर्ता, शान्ति प्रक्रिया र जलवायु अनुकूलनमा सघाउने प्रतिबद्धता

काठमाडौ । नेपाल भ्रमण पूरा गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युर्योक फर्किएका छन् । उनी विहान दब बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन् । नेपालको चार दिने भ्रमणका लागि महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणका क्रममा उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । हिजो नै उनले लुम्बिनी र अन्नपुर्ण क्षेत्रको भ्रमण पनि गरेका थिए । त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायतसँग उच्च राजनीतिक भेटवार्ता गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले जलवायु परिवर्तनको असर र शान्ति प्रक्रियाका बाँकी कामबारे चर्चा गरेका थिए । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दा पनि उनले द्वन्द्वपीडितको अधिकार रक्षा गर्दै शान्तिप्रक्रिया टुंगोमा पु¥याउन आग्रह गरेका छन् । गुटेरेसले नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसंघले सघाउने आश्वासन पनि दिएका छन् । नेपाली सेनाले राष्ट्रसंघीय मिसनमा गर्दै आएको योगदानको पनि उनले उच्च प्रशंसा गरेका छन् ।

प्रतिक्रिया