प्रधानमन्त्री दाहालद्वारा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग छलफल गरेका छन । संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्रीले दुई दलका शीर्ष नेतासँग छलफल गरेका हुन । नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए । महासचिवको आग्रह अनुसार दाहालले आज सभापति देउवा र अध्यक्ष ओलीसँग कुराकानी गरेका हुन । यसअघि पनि प्रधानमन्त्री दाहालले ओलीसँग भेटेर शान्ति प्रक्रियामा सहमति जुटाउने प्रयास गरेका थिए । आज भने कांग्रेस सभापति देउवा सहितको उपस्थितीमा सहमतिको खोजीको प्रयास भएको सचिवालयले जनाएको छ । नेकपा एमालेले शान्ति प्रक्रियाको काम प्रधानमन्त्री दाहालकै कारण अघि बढन नसकेको आरोप लगाउदै आएको छ ।
प्रतिक्रिया