राष्ट्रसंघका महासचिव गुटेरेसले संसद बैठकलाई सम्बोधन गर्दै

काठमाडौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई गुटेरेसले केही बेरमा सम्बोधन गर्न लागेका हुन् । बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । सम्बोधनका क्रममा महासचिव गुटरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनले नेपालका हिमाली क्षेत्रमा परेको असर लगायतका विषय उठाउने सम्भावना छ । संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।

प्रतिक्रिया