ललितपुरको जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु
काठमाडौ । ललितपुरको जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । यस वर्ष ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित प्रदर्शनी गरिएको हो । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा गरिएको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सहभागी नर्सरी फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने आयोजकले बताएका छन । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् । मेलाको सबै तयारी पूरा भएको बताउनुभयो । मेलामा पुष्प व्यवसायका क्षेत्रमा भएका विकास र नवीनतम् प्रविधिलगायतको जानकारी पनि उपलब्ध हुने आयोजकको भनाइ छ । प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । नेपालका ४८ जिल्लामा झण्डै दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भैरहेको छ । यो व्यवसायमा चार लाख ४० हजारभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन ।
प्रतिक्रिया