जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न विज्ञहरुको सम्मेलन काठमाडौमा शुरु
काठमाडौ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्युनिकरण गर्न विज्ञहरुको सम्मेलन आजवाट काठमाडौमा शुरु भएको छ । सम्मेलनमा हिमाललाई कसरी प्रवद्र्धन गर्ने, कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असरलाई कसरी न्युनिकरण गर्ने भन्नेबारेमा छलफल हुने आयोजकले बताएका छन । सम्मेलनमा विभिन्न अठार देशका विज्ञहरुको सहभागिता रहेको छ । युनियन अफ एशियन अल्पान एशोसिएशनले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरुले सम्मेलनमा हिमालमा देखिएका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्ने बताइएको छ ।
प्रतिक्रिया