नेपालले जलवायु अनुकुलन कोषको अनुदान पाउनुपर्ने राष्ट्रसंघ महासचिवभनाइ

काठमाडौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन । आज अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले जलवायु अनुकुलनको लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरुले पाउनुपर्नेमा जोड दिएका हुन । उनले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरुलाई आग्रह गरे । 
महासचिव गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए । उनले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्नेमा पनि जोड दिए जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यववद्धता आवश्यक रहेको महासचिव गुटरेसको भनाइ थियो ।

प्रतिक्रिया