गुटरेस भ्रमणलाई जलवायु परिवर्तनको असर न्युनिकरणको मौका बनाउनुपर्ने विज्ञको भनाइ
काठमाडौ । विज्ञहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने सुनौलो अवसरको रुपमा लिनुपर्ने बताएका छन् । हिमाली र पर्वतीय क्षेत्रमा रहेका १३६ वटा राष्ट्रलाई जलवायु परिवर्तनको जोखिमबाट बचाउन राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरको रुपमा उपयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । गुटेरेसको भ्रमणलाई अवसरको रुपमा लिई नेपाल र नेपालजस्तै जलवायु परिवर्तनको जोखिममा रहेका अन्य देशहरुको हितमा परिणत गर्न पनि नेपाल सरकारलाई विज्ञको सुझाव छ । महासचिव गुटेरेसले नेपालको भ्रमण गर्नुलाई नेपालमा जलवायु परिवर्तनको असर छ भन्ने स्पष्ट सन्देश दिएको पनि विज्ञ बताउछन । नेपालमा जलवायु परिवर्तनले पु¥याएको क्षति बापत ५० बिलियन अमेरिकी डलर बराबरको बजेट दिनुपर्ने पनि विज्ञको माग छ । भ्रमणले संयुक्त राष्ट्र संघमा बुझाएको योजनालाई प्राथमिकतामा साथ अघि बढाउन संयुक्त राष्ट्र संघलाई बल पु¥याएको पनि सरोकारवालाले बताएका छन ।
प्रतिक्रिया